किन स्थगित भयो नेकपाको स्थायी कमिटी बैठक ?



काठमाडौं, कार्तिक ११

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि पनि स्थगित भएको छ । नेताहरुको कार्य व्यस्तता र एजेण्डासमेत तय हुन नसक्दा भोलि र पर्सीका लागि डाकिएको स्थायी कमिटी बैठक स्थगित भएको सचिवायलले जनाएको छ ।

स्थायी कमिटी सदस्य बेदुराम भुसालले नेताहरुको कार्यव्यस्तता र तयारी नपुगेकाले बैठक स्थगित भएको जानकारी दिए । गत बिहीबार बसेको सचिवालय बैठकले प्रदेश कमिटीको एकता टुङ्गो लगाउन र केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा सम्मिलित कार्यदल गठन गरेको थियो ।

कार्यदललाई तल्लो तहबाट आएका नामलाई टुङ्गो लगाई सचिवालय बैठकमा पेश गर्ने जिम्मेवारी दिइएको थियो । सचिवालयले कार्य दलले पेश गरेका नामलाई अन्तिम रुप दिएर स्थायी कमिटी बैठकमा पेस गर्ने भनिएको थियो । तर, कार्यदलले तल्लो तहबाट आएका नाम टुङ्गो लगाउन नसक्दा स्थायी कमिटी बैठक एजेण्डाबिहिन हुने भएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News