प्रधानमन्त्री ओलीको छातीमा संक्रमण, शिक्षण अस्पताल भर्ना



काठमाडौँ, कात्तिक १२

छातीमा संक्रमण देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । केही दिनदेखि अस्वस्थ्य भएर आराम गराइरहेका प्रधानमन्त्री ओलीलाई आइतबार राति त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

डाक्टर अरुण सायमीका अनुसार प्रधानमन्त्री ओलीको सिसियूमा राखेर उपचार भइरहेको छ । आइतबार रातिको तुलनामा अहिले स्वास्थ्यमा केही सुधार आएको पनि डाक्टर सायमीले बताउनुभयो । छातीमा नै संक्रमण देखिएकाले प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमा नै राखेर उपचार गरिने उहाँले बताउनुभयो ।

बिहान ९ बजे पछि प्रधानमन्त्री ओलीको फेरि स्वास्थ्य जाँच गरेर स्वास्थ्य अवस्थाबारे जानकारी गराउने अस्पतालको तयारी छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बारे प्रेस विज्ञप्ति निकालेर सार्वजनिक गरिने पनि अस्पतालले जनाएको छ ।

डाक्टर अरुण सायमीको नेतृत्वमा प्रधानमन्त्रीको निजी डाक्टर दिव्यासिंह र छाती रोग विशेषज्ञ डाक्टर सन्तकुमार दास प्रधानमन्त्री ओलीको उपचारमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News