राष्ट्रपति भण्डारी आज कतार जाँदै



काठमाडौँ, कात्तिक १२

राष्ट्रपति विद्यादेवी भण्डारी आज कतारको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । राष्ट्रपति भण्डारी कतार भ्रमणमा ३७ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जानु हुनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपतिको कतार भ्रमणमा २७ जना काठमाडौंबाट र १० जना कतारको दोहास्थित नेपाली दूतावासबाट सहभागी हुनेछन् । प्रतिनिधिमण्डलमा रहेका ५ सदस्य भने हिजा् नै कतार प्रस्थान गरिसकेको परराष्ट्रले जनाएको छ ।

राष्ट्रपतिको प्रतिनिधिमण्डलको सदस्यमध्ये २ जना नेपाली सेना, एक जना परराष्ट्र मन्त्रालय र २ जना राष्ट्रपति कार्यालयका कर्मचारी भने हिजो नै कतार प्रस्थान गरेका छन् । आज राष्ट्रपतिसँगै कतार प्रस्थान गर्नेमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागी, शिष्टाचार महापाल दीपक अधिकारीलगायत रहेका छन् ।

कतारका अमिर शेख तामिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार जान लाग्नुभएको हो । भ्रमणको बेला भोली राष्ट्रपति भण्डारी र कतारका अमिर थानीबीच उच्चस्तरीय द्विपक्षीय बैठक हुनेछ । बैठकमा नेपाल–कतार सम्बन्धका सबै मुद्दाहरुमा छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News