राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई



काठमाडौँ, कात्तिक १२

राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख हमाद बीन खलिफा अल थानीको निमन्त्रणामा आज कतारको औपचारिक भ्रमणमा त्यसतर्फ प्रस्थान गर्नुभएकाले राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकिएको छ ।

नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा उहाँबाट हुने कार्य उपराष्ट्रपतिबाट सम्पन्न हुने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News