आराम नगर्दा प्रधानमन्त्री ओली अस्वस्थ



काठमाडौं, कात्तिक १३

धपेडी र आरामको कमीले प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको डाक्टरहरुले बताएका छन् । दसैँको बेला टीकाटालो र भेटघाटमा बढी नै व्यस्त हुनुभएकाले उहाँलाई संक्रमण देखिएको हो ।

डाक्टरहरुले भेटघाट कम गर्न र पर्याप्त आराम गर्न सल्लाह दिए पनि प्रधानमन्त्रीले पहिलेजस्तै भेटघाटलाई निरन्तरता दिनुभएको थियो । राति पनि कम सुत्नुहुन्थ्यो । मौसमी रुघाखोकीले समेत असर गरेपछि शुक्रबारदेखि उहाँको स्वास्थ्य कमजोर बन्दै गएको हो ।

अस्वस्थ भएपछि शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पनि उहाँ सहभागी हुन सक्नुभएन । सोमबार बिहान उहाँलाई अस्पताल भर्ना गरिएको छ । प्रधानमन्त्रीको छातीमा संक्रमण देखिएको र स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको डाक्टरहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News