नेकपा स्थायी कमिटी बैठक अनिश्चित



काठमाण्डौँ, कात्तिक १३

सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको पाँच महिना पूरा हुँदा पनि पार्टीको एकता प्रक्रियाले पूर्णता पाउन सकेको छैन ।
नेकपा को सचिवालय बैठक फाट्टफुट्ट बसे पनि स्थायी कमिटी बैठक तीन महिना यता बस्न नसक्दा पनि पार्टी एकता प्रक्रियाले पूर्णता पाउन नसकेको हो । जनवर्गी सङ्गठनहरूको एकता तथा नेताहरू जिम्मवारीले पार्टी एकताले पूर्णता पाउने कतिपय नेताहरू भनाइ छ ।

कार्य दलले गृहकार्य पूरा नहुँदा सोमबार र मङ्गलबार बस्ने भनिएको स्थायी कमिटीको बैठक पनि बस्न सकेन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थता र कार्यदलको तयारीको अभावमा स्थायी कमिटीको यो बैठक स्थगित भएको स्थायी कमिटी सदस्य तथा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News