मनकामना दर्शन गर्ने भारतीय पर्यटक बढे



चितवन, कात्तिक १४

मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित चेरेसबाट केबुलकार चढेर १० मिनेट यात्रामा गोर्खाको मनकामना मन्दिर पुग्न सकिन्छ । गोर्खाबाट सवारी साधनमा मन्दिरसम्म पुग्ने बाटो भए पनि अधिकांश पर्यटकले केबुलकारको यात्रा गर्ने गर्दछन् ।

सो केबुलकार सञ्चालन गर्दै आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थका अनुसार शुरुका वर्षमा भारतीय न्यून भए पनि पछिल्ला वर्षमा उल्लेख्य वृद्धि भएको छ । उहाँका अनुसार गत आवमा नौ लाख ८० हजार १७० ले केबुलकारबाट यात्रा गरेकोमा दुई लाख आठ हजार ४९२ भारतीय पर्यटक रहेका थिए । भारतीय पर्यटकको संख्या २१ दशमलब २७ प्रतिशत थियो ।

अघिल्लो आव २०७३/०७४ मा १० लाख ११ हजार ८६७ ले केबलकारको यात्रा गरेकोमा एक लाख ४० हजार ९८४ भारतीय थिए । जुन १३ दशमलब ९३ प्रतिशत हो । कायस्थले वर्षेनी भारतीय पर्यटकको सङ्ख्या बढ्दै गएको बताउनुभयो । तर, अन्य मुलुकका पर्यटकको सङ्ख्या एक प्रतिशत हाराहारी छ ।

मनकामना दर्शन प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार भारतको बङ्गाल, महाराष्ट, गुजरात, राजस्थानलगायतका प्रदेशबाट भारतीय पर्यटक आउने क्रम बढ्दो छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News