सरकाररिुद्ध सडक संघर्ष गर्ने नयाँ शक्तिको चेतावनी



काठमाण्डौँ, कात्तिक १४

नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिनुभएको छ ।संयोजक भट्टराईले भ्रष्टाचार एवम् महिला हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने चेतावनी दिनुभएको हो ।

आजबाट काठमाडौंमा सुरु भएको पार्टीको १५ औं संघीय बैठकलाई उद्घाटन गर्दै उहाँले पूराना शक्तिलाई विस्थापित गरेर मुलुकलाई सही बाटोमा अघि बढाउन पार्टीको बैठकले महत्वपूर्ण निर्णय लिने दावी समेत गर्नुभयो ।

बैठकमा संयोजक भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकार जनताको अपेक्षा अनुसार काम गर्न असफल भएको उल्लेख गरिएको छ ।

लोकतन्त्रका मूल्य÷मान्यता विपरितका गतिविधिमा सरकार संलग्न रहेकोे दावी गर्दै नयाँ शक्ति पार्टी, नेपालले त्यसका विरुद्ध आन्दोलनमा सहभागी हुन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News