निलम साकोसको अध्यक्षमा पुन : रुमन


 


उर्लाबारी, कार्तिक १४

मोरङको उर्लाबारी – ४ स्थित निलम बचत तथा ऋण सहकारी संस्था लि. को तेस्रो चुनावी तथा छैठौं बार्षिक साधारणसभाले पुनः रुमन थापा मगरको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।

मंगलबारेमा आज भएको साधारणसभाले उपाध्यक्षमा भीष्म बुढाथोकी, सचिबमा सञ्जिब बुढाथोकी र कोषाध्यक्षमा प्रभू राईलाई चयन गरेको छ । त्यस्तै, सदस्यहरुमा रमेश श्रेष्ठ, लेखबहादुर धिमाल र कृष्ण धिमाल रहेका छन् ।

उर्लाबारी नगपालिका वडा नं. ३ का वडाध्यक्ष गञ्जबहादुर कार्कीको प्रमुख आतिथ्यता एबं संस्थाका अध्यक्ष रुमन थापा मगरको सभापतित्वमा उक्त साधारणसभा भएको थियो । २०६९ सालमा स्थापना भएको उक्त सहकारीमा ५ सय ४४ जना शेयर सदस्य रहेका छन् । सहकारीमा शेयर पुँजी २३ लाख ९२ हजार २ सय रहेको छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्