प्राविधिक शिक्षाका लागि पथरीशनिश्चरे नगरपालिकाले गर्यो यस्तो काम



मोरङ, कात्तिक १४

मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले आफ्ना नगरका विपन्न विद्यार्थीहरुको प्राविधिक शिक्षाका लागि मदन भण्डारी स्मृति प्रतिष्ठानले खडा गरेको कोषमा ५ लाख रुपैयाँ प्रदान गरेको छ ।

नगरपालिका कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच नगर प्रमुख दिलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम र प्रतिष्ठानका रोजगार परामर्श तथा बजारीकरण अधिकृत भूवनकुमार धिमालबीच सहयोगको सम्झौतापत्रमा हस्ताक्षर भएको छ । प्रतिष्ठानले ०६५ सालदेखि विपन्न आर्थिक अवस्था भएकाहरुको शिक्षाका लागि कोषमार्फत आफुले लगानी गर्ने र कमाएर तिर्ने प्राविधिक शिक्षा शैक्षिक उपहार ऋण कार्यक्रम सञ्चालन गरेको छ ।

जसअन्तर्गत पथरीशनिश्चरे नगरपालिकाका १७ जना नयाँ गरी हालसम्म ४३ जनाले प्रतिष्ठानमा अध्ययन गरेका छन् । सो कोषमा हालसम्म १ करोड १५ लाख बढी रकम रहेको रोजगार परामर्श तथा बजारीकरण अधिकृत भूवनकुमार धिमालले जनाउनु भयो ।

हालसम्म प्रतिष्ठानबाट सीएमए, अनमी, पीसीएल सामान्य चिकित्सा, पीसीएल नर्सिङ, आइएससीएजी बालीविज्ञान, आइएससीएजी पशुविज्ञान, डिप्लोमा इन सिभिल इन्जिनियरिङ, प्राविधिक एसएलसी सिभिल इन्जिनियरिङ र भेट जेटिएका लागि यस प्रकारको उपहार ऋण कार्यक्रम सञ्चालित छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News