तिहारमा दमकमा सुरक्षा सर्तकता



झापा, कार्तिक १४

तिहार नजिकिएपछि दमकमा प्रहरीले सुरक्षा सर्तकता बढाएको छ । दशैसकिए लगत्तै नेपालीहरुको दोश्रो महान चाड तिहार नजिकिएपछि यहाँको सुरक्षा सर्तकता बढाएको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ ।

चाडपर्वमा अपराधिक गतिविधि हुन नदिन चाडपर्व लक्षित सुरक्षा व्यवस्था कडा पारिएको दमक प्रहरी प्रमुख डिएसपी श्यामल सुब्बाले बताउनुभयो । उहाँले अपराधिक कृयाकलाप हुन सक्ने स्थानहरुको पहिचान गरि ती स्थान लक्षित सुरक्षा मजवुत गरिएको बताउनुभयो । जसअन्तगर्त वित्तीय संस्था,बैकिङ क्षेत्रमा निगरानी बढाईएको प्रहरीको भनाई छ ।

केहिदिन अघि झापाको विर्तामोडमा दिउँसै बैकबाट नै एक जना ग्राहकको १७ लाख लुटपाट भएपछि त्यस्ता गतिविधि हुन नदिन दमकमा सुरक्षा संवेदनशीलतामा जोड दिईएको डिएसपी सुब्बाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News