मध्य भोटेकोशीले साधारण शेयर बिक्री गर्ने


 


काठमाडौँ, कात्तिक १४

चिलिमे जलविद्युत् कम्पनीको सहायक मध्य भोटेकोशी जलविद्युत् कम्पनीले रु एक अर्ब ४४ करोड बराबरको सीमित साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ ।

पहिलो चरणमा कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि रु एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता शेयर निष्काशन गर्न लागेको आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीले जानकारी दिएको छ ।

साधारण शेयरको निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले विवरणपत्र स्वीकृत गरिसकेको छ । कोषका सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्ता तथा अधिकतम् ५०० कित्तासम्म आवेदन दिन सक्नेछन् । सञ्चयकोषका कर्मचारीले न्यूनतम ५० कित्तादेखि अधिकतम् एक हजार २०० कित्तासम्मको शेयरमा आवेदन दिन सक्नेछन् । रासस

प्रकाशित मिति: १४ कार्तिक २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्