सेक्स अघि यी ४ चिज नखानुहोस् !


 


विश्वभरका जोडी आफ्नो यौन जीवन सुखमय बनाउन विभिन्न उपाय अवलम्बन गर्छन् । यौन जीवन सुखमय नहुँदा आफ्नो जीवन नै पीडादायी हुने महसुस जोडीहरुले गर्ने गर्छन् । यौन जीवन सुखमय र आनन्दमय नहुने धेरै कारण मध्ये एक सेक्स अघि खाने खानेकुरा पनि हो । केही खानले स्वास गन्हाउँछ, पेट फुलेझै बनाउँछ अनि असहज गर्छ। सेक्स अघि आफूलाई असहज बनाउने खानेकुरा खानु हुँदैन भने स्वास गन्हाउने खानेकुरा पनि खानु हुँदैन । यौन जीवन आनन्दमय नहुने धेरै कारण मध्ये रहेको खानेकुरा सम्बन्धी यहाँ चर्चा गर्न लागिएको हो ।

लसुन र प्याज : लसुन भएका खाना सेक्सपूर्व नखानुस्। यसले अनौठो गन्ध पैदा गर्छ। साथै काँचो प्याज पनि नखानुहोस्, यसले स्वास गन्हाउने गर्छ ।

तारेको खाना : तारेको वा भुटेको खानले टेस्टेस्टोरनको लेभल र सर्कुलेसनमा नकारात्मक असर पुर्याउँछ। तेल र नुनको मिश्रणले पेट फुल्छ, असहज महसुग गराउँछ। कमसेकम एक दिनको लागि आलु नखानुस्। खानै परे पकाएर वा उसिनेर खानु उत्तम हुन्छ।

पिज्जा : पिज्जामा गहुँ हुन्छ जसलाई खाएपछि पेट बढ्छ। यसमा हुने चिजले पनि त्यति सहयोग गर्दैन। बरु अनौठो गन्ध छोड्छ, स्वास गन्हाउँछ।

सोडा भएका पेयपदार्थ : सोडा भएका पेयपदार्थ सेक्सपूर्व नपिउँनुस्। बियर वा सफ्ट ड्रिङ्क्सले पेट अस्वभाविक बढाउँछ। गन्ध सहितको डकार आउँछ। बरु वाइन उत्तम हुन्छ। रासस

प्रकाशित मिति: १४ कार्तिक २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्