प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी



काठमाण्डौँ, कात्तिक १५

काठमाण्डौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उहाँलाई आज डिस्चार्ज गर्ने तयारी रहेको उपचारमा संलग्न चिकित्सकहरुले गरेका छन् ।

शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो सेन्टरमा उपचार गराइरहनुभएका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ र अस्पतालबाट डिस्चार्ज गरी निवासमै आराम गराउने तयारी चिकित्सकले गरेका छन् । प्रधानमन्त्रीको उपचार प्राध्यापक डाक्टर अरुण सायमी, प्राध्यापक डाक्टर दिब्या सिंह र डाक्टर सन्तकुमार दास संलग्न छन् ।

छातीको संक्रमण र भाइरल ज्वरोले सिकिस्त बनाएपछि कात्तिक १२ गते बिहान प्रधानमन्त्रीलाई शिक्षण अस्पतालको सीसीयूमा राखिएको थियो । अहिले प्रधानमन्त्रीलाई निको भइसकेको र नियमित खान पान सुरु गरिसकेको जानकारी चिकित्सकले दिएका छन् । यद्यपि संक्रमण बल्झिन सक्ने भएकाले कम्तिमा १ साता सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति हुने छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News