राष्ट्रपति भण्डारी आज स्वदेश फर्किदै



काठमाण्डौँ, कात्तिक १५

कतार भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार स्वदेश फर्किदै हुनुहुन्छ । राष्ट्रपति भण्डारी आज साँझ ७ः४० बजे काठमाडौं ओर्लिने कार्यक्रम रहेको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले कतारका अमिर शेख तमिम बीन हमाद अल थानीसँग भेटवार्ता गर्नुका साथै त्यहाँ आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनु भएको थियो ।

राष्ट्रपति भण्डारीले कृषि तथा पशुपन्छी विकास सम्बन्धी समझदारीपत्र, स्वास्थ्य, सुरक्षा सहयोग, प्रेस तथा सूचना, कूटनीतिक राहदानी बाहक दुवै देशका नागरिकहरूलाई प्रवेषाज्ञा छुट दिने जस्ता समझदारीपत्रमा हस्ताक्षर समेत गर्नुभएको छ ।

राष्ट्रपति भण्डारी सोमबार कतारको चारदिने राजकीय भ्रमणमा जानु भएको हो । भ्रमणमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागीसहित राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News