काँग्रेस महासमिति बैठकको तयारीलाई तीब्रता



काठमाण्डौँ, कात्तिक १५

नेपाली काँग्रेसले आगामी मङ्सिरमा हुने महासमिति बैठकको तयारीलाई तीब्रता दिएको छ । मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँमा हुने महासमितिको बैठकमा प्रस्तुत गरिने विभिन्न प्रस्तावहरूलाई अन्तिम रूप दिनका लागि सम्बन्धित समितिहरु जुटिरहेका छन् । महासमितिको बैठकमा लैजाने राजनीतिक प्रस्तावका लागि पनि गृहकार्य भइरहेको छ ।

पार्टीका उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित राजनीतिक प्रस्ताव मस्यौदा तयारी समितिले पार्टी कार्यालय सानेपामा बुधबार राजनीतिक प्रस्ताव तयार गर्नकै लागि छलफलको आयोजना गर्यो ।

कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले यसले सबैको भावनाको प्रतिनिधित्व गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले लोकतान्त्रिक पार्टीलाई आगामी दिनमा कसरी अगाडि बढाउँदा थप प्रभावकारी होला भनेर नै सबैको सुझाव सङ्कलन गरिएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News