सरकार नै संघीयता विरोधी भएको कोईरालाको आरोप



उदयपुर, कात्तिक १५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले दुई तिहाइको कम्युनिष्ट सरकार संघीयता विरोधी भएको आरोप लगाउनु भएको छ। उहाँले वर्तमान सरकारले सबै तहबाट अराजकता बढेकाले संघीयता धरापमा परेको आरोप लगाउनुभयो।

आज नेपाली कांग्रेस उदयपुरको पार्टी कार्यालयमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले नेपाल प्रहरीको संरचना संघीय सरकारको मातहतमा राखेर प्रदेश प्रहरी ऐनहरू बनाउन नदिनु, प्रदेशमा पर्याप्त कर्मचारी दिन र पठाउन नसक्नु र कर बढाउन वर्तनमान सरकारको ठूलो कमजोरी रहेको टिप्पणी गर्नुभयो ।

कांग्रेसको अगुवाइमा संविधान निर्माण भएकाले कांग्रेसको काँधमा संघीयता सफल बनाउने जिम्मेवारी भएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News