प्रहरी ऐनसम्बन्धी विषय सरकारले छिटै टुंगो लगाउँछ : मन्त्री ढकाल



बिराटनगर, कात्तिक १६

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले साझा सूचीमा रहेका कानुन निर्माणको कामलाई सरकारले प्राथमिकता दिएर चाँडै निकास दिने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री ढकालले विशेष गरी प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन र प्रहरी ऐनसम्बन्धी विषयलाई सरकारले छिटै टुंगो लगाउने बताउनुभएको हो ।

उहाँले यसका लागि सरकारले गृहकार्य गरिसकेको जानकारी दिनुभयो । प्रदेश सरकारको माग र अहिलेको आवश्यकताअनुसार यी दुई विषयलाई सरकारले तत्काल टुंगो लगाउने उहाँको भनाइ थियो । उहाँले संघले कानुन निर्माण नगरेको अवस्थामा कुनै प्रदेशले बनाए र त्यो संविधानसँग बाझिए त्यो स्वतः खारेज हुने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News