प्रदेश सरकारलाई संरचनाहरु एकै पटक हस्तान्तरण सम्भव छैन : मन्त्री खतिवडा


 


बिराटनगर, कात्तिक १६

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदेश र स्थानीय तहको विकास खर्च निरासाजनक हुँदैमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा असर नपर्ने दाबी गर्नुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्र्मीहरुसँग कुरा गर्दै उहाँले प्रदेश र स्थानीय तहले खर्च गर्न नसके पनि आर्थिक तरलता उत्पन्न हुन नदिने गरी सरकारले व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।

प्रदेश सरकारका आफ्नै संरचना बन्ने क्रममा रहेको भन्दै उहाँले संघबाट प्रदेश सरकारलाई संरचनाहरु एकै पटक हस्तान्तरण सम्भव नहुने बताउनुभयो । कर्मचारी संमायोजन गर्न ढिलाई भएको स्वीकार गर्दै उनले संघीय निजामति कानुन आउनासाथ त्यो समस्या समाधान हुने स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति: १६ कार्तिक २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्