प्रदेश नं. ३ का मन्त्री केशव स्थापित बर्खास्त



काठमाण्डौँ, कात्तिक १६

प्रदेश नं. ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापित बर्खास्त हुनुभएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्री स्थापितलाई बर्खास्त गर्नुभएको हो ।

बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग मन्त्री स्थापितको विवाद भएको थियो । उहाँको मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा चर्चाचर्की नै भएको थियो ।

त्यसपछि मुख्यमन्त्री पौडेल स्थापितलाई हटाउने निश्कर्षमा पुग्नुभएको थियो । स्थापितलाई हटाएपछि उहाँको मन्त्रालय मुख्यमन्त्री पौडेल आफैले सम्हाल्ने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News