काँग्रेस महामन्त्री कोइराला भन्छन् : महासमिति बैठक सर्न सक्छ



काठमाण्डौँ,कार्तिक १६

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले महासमिति बैठक सर्ने बताउनु भएको छ । आज राजधानीमा आयोजित नेपाली कांग्रेसको चियापान कार्यक्रममा महामन्त्री कोइरालाले मंसिर ५ देखि ९ गतेसम्म बस्ने भनिएको महासमिति बैठक सर्नसक्ने बताउनु भएको हो ।

कार्यक्रममा कोइरालाले सञ्चारकर्मीहरू माँझ प्राविधिक कारणले २ देखि ३ हप्तासम्म बैठक सर्ने उहाँको भनाइ छ । आउँदो महासमिति बैठक नभएसम्म कांग्रेस जसरी चलेको छ त्यसरी नै जाने र आफू सभापति बनेपछि सबैलाई समेटेर लाने कोइरालाको दाबी छ ।

सञ्चारकर्मीहरूको जिज्ञासामा महामन्त्री कोइरालाले कोइराला परिवारको नेपाली कांग्रेसमा ठूलो त्याग र योगदान रहेको र आफू नै कोइराला परिवारबाट सभापतिको दाबेदार रहेको पनि सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News