नयाँ शक्तिले सरकारबिरुद्ध सडक संघर्ष गर्ने



काठमाण्डौँ, कात्तिक १६

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको छ । आज काठमाडौंमा सम्पन्न पार्टीको १५औं संघीय कमिटीको पूर्ण बैठकले जनताको पक्षमा काम गर्न पूर्णतः असफल भएको निष्कर्ष निकाल्दै सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय गरेको हो ।

निर्मला पन्तको हत्यारालाई कारबाही गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेकालगायतका कारण सरकारविरुद्ध सडक संघर्ष गर्ने निर्णय लिनु परेको पार्टीका संयोजक डा. भट्टराईले जानकारी दिनुभयो ।

बैठकले तत्काल संविधान संशोधन गर्न पनि सरकारसँग माग गरेको छ । राज्य पुनर्संरचना गर्न र मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजान संविधान संशोधन गर्न सरकारसँग माग गरिएको पनि संयोजक भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News