प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएर बालुवाटारमा



काठमाडौं, कात्तिक १६

प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ अस्पतालबाट डिस्चार्ज हुनु भएको छ । गत कात्तिक १२ गते विहान साढे ४ बजे छातीको सङ्क्रमण, ज्वरो र खोकी नियन्त्रणमा नआएपछि प्रधानमन्त्री ओलीलाई काठमाण्डौस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री ओलीलाई छातीमा संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्री ओली पूर्ण रुपमा स्वास्थ्य लाभ भएर आज साँझ सरकारी निवास बालुवाटार फर्किनुभएको हो ।

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमीको संयोजकत्वमा डा दिव्यासिंह शाह तथा छातीरोग विशेषज्ञ डा सन्तकुमार दासको टोली संलग्न थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News