प्रधानमन्त्री ओलीको उपचार खर्च साढे ३७ हजार



काठमाण्डौँ,कात्तिक १७

प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार र औषधि खर्च साढे ३७ हजार भएको छ । गत सोमबार स्वास्थ्यमा समस्या आएर मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओली हिजो साँझ डिस्चार्ज हुनुभएको छ ।
उहाँ पूर्ण स्वास्थ्य लाभ गरेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किनुभएको हो ।

अस्पतालले जारी गरेको प्रधानमन्त्रीको उपचार खर्च बिल अनुसार प्रधानमन्त्रीको उपचारमा २५ हजार ६४० रुपैयाँ र औषधिमा ११ हजार ११७ रुपैयाँ लागेको छ । उक्त बिलमा प्रधानमन्त्रीले प्रयोग गरेको बेड, ऐक्सरे, ल्याब टेस्टको शुल्क जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News