जनअपेक्षा अनुसारका काम गर्न सरकार असफल : थापा



ताप्लेजुङ, कात्तिक १७

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको बताउनुभएको छ ।पार्टी सङ्गठन विस्तार एवं सुदृढीकरणका क्रममा ताप्लेजुङ आउनुभएका अध्यक्ष थापाले आज बिहान आयोजित पत्रकार सम्मेलनमा वर्तमान सरकारले मुलुकभित्र बढ्दो हत्या, हिंसा, बलात्कारलगायतका घटना नियन्त्रण गर्न नसकेको आरोप लगाउनुभयोे ।

देशको अर्थतन्त्रलाई सुदृढ तुल्याउने, बेरोजगारका समस्या हटाउने, गरीबी निवारण गर्ने जस्ता कार्यमा सरकार पूर्णरुपले असफल भएको उहाँको भनाइ छ ।

शान्ति स्थायित्व कायम गर्न र मुलुकको समग्र आर्थिक विकासको लक्ष्य हासिल गर्नका लागि नीतिगत त्रुटिलाई समेत सच्याउन आवश्यक भएकोमा उहाँको जोड छ ।

मुलुकमा हाल देखा परिरहेको बिखण्डनको चुनौती सर्वसत्तावादलाई सामना गर्नसक्ने शक्ति निर्माणका लागि समान विचारधारा भएका अन्य राजनीतिक पार्टीबीचमा एकताको तयारी भइरहेको समेत उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News