डिब्बा भाडामा लिएर भएपनि रेल सञ्चालन गर्ने तयारी



काठमाडौं, कात्तिक १७

रेल विभागले जनकपुर–जयनगर रेल ट्रयाकमा रेलको इन्जिन र डिब्बा भाडामा लिएर सञ्चालन गर्ने तयारी गरेको छ ।आगामी महिनादेखि पूर्णरूपमा सञ्चालनमा आउने गरी जनकपुर–जयनगर रेल्वे ट्रयाक निर्माणको काम भइरहेको छ । ट्र

याक बने पनि रेलको इन्जिन, डिब्बा र आवश्यक जनशक्तिको प्रबन्ध गर्न नसक्दा सुरुवाती चरणमा तेश्रो पक्षसँग भाडामा लिनुपर्ने अवस्था श्रृजना भएको हो ।

तत्कालका लागि रेल सञ्चालनको पूरै जिम्मा तेश्रो पक्षलाई दिने वा रेलको इन्जिन, डिब्बा लगायत आवश्यक सामाग्री सहितको जनशक्ति तेश्रो पक्षबाट भाडामा लिएर रेल सञ्चालन गर्ने भन्ने बारेमा विभागले अन्तिम निर्णय भने गरिसकेको छैन । तर तत्कालका लागि रेल सेवा संञ्चालन गर्न आवश्यक इन्जिन, डिब्बालगायत जनशक्ति पनि नभएकाले भाडामा लिनुको विकल्प नभएको रेल विभागका प्रवक्तासमेत रहेका सिनियर डिभिजन इन्जिनियर अमन चित्रकारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News