उपाधिका लागि चर्च व्वाईज र आयोजक भिड्ने


 


उर्लाबारी, कात्तिक १७

मोरङको उर्लाबारी–८ स्थित दुर्गापुरीमा जारी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि चर्च व्वाईज क्लब र आयोजक कुलझोडा युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

स्थानीय अरनिको माध्यमिक बिद्यालयको खेल मैदानमा आज भएको दोश्रो तथा अन्तिम सेमिफाईनल खेलमा दमक फुटबल क्लबलाई २ – १ गोल अन्तरले हराउँदै चर्च व्वाईजले फाईनलमा आयोजकसँगको भेट पक्का गरेको हो । चर्च व्वाइजलाई फाईनलमा पुर्याउन भुवन बस्नेत र विकेश लिम्बुले गोल गरेका थिए भने दमकका लागि बिशाल बस्नेतले गोल फर्काएका थिए ।

फाईनल खेल पर्सी १९ गते हुनेछ । हिजो भएको पहिलो सेमिफाईनल खेलमा आयोजक टिमले पाहुना टोली मुनाल क्लब चन्द्रगढी झापालाई २ – ० ले हराउँदै फाईनलमा पुगेको हो । प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख र द्वितीय हुनेलाई एक लाख नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक कमल फ्याकले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १७ कार्तिक २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्