काठमाण्डौँको अपार्टमेन्टमा फस्टाउँदै यौन व्यवसाय



काठमाडौं, कात्तिक १८

रेडलाइट एरिया नभए पनि काठमाडौंमा यौन व्यावसाय फस्टाएको छ । ग्राहक होटल वा कुनै मोटलमा होइन महँगा अपार्टमेन्ट र फ्ल्याटमा पुग्न थालेका छन् ।

रत्नपार्क, ठमेललगायतका क्षेत्रमा साँझ परेपछि एकप्रकारका यौन व्यावसायी खुलेर ग्राहकसँग् डिल गरिरहेका हुन्छन् । तर, अर्काथरि अपार्टमेन्टमा बसेर सोही क्षेत्रका क्लब र बारमा विचौलिया पठाएर बसेका हुन्छन् ।

‘विदेशी युवतीबारे पब, बार र क्लवमा जानकारी दिने र दरदा मगर्ने विचौलिया महिला नै भेछिन्छन्’, एक क्लव सञ्चालक भन्छन्,‘यो काठमाडौंको रात्रीबजारमा नयाँ परिदृश्य हो ।’

चिनियाँ, रसियन, थाइ, इन्डोनेशीयनलगायतका युवतीहरू काठमाडौंका ठूला र महँगा अपार्टमेन्टमा भाडामा बसेकाम छन् । उनीहरू आफैं ग्राहकको डिल गर्दैनन् । ‘कतिपयले विदेशी साथी भनेर राख्ने गरेको सुनेका छौं, बाहिरबाट मान्छे समेत आउने गरेका छन् । त्यहाँभित्र के हुन्छ त्यो चाहीँ बुझ्न पाएका छैनौं’, एउटा अपार्टमेन्टमा बस्ने नेपाली भन्छन्,‘हल्लाचाहीँ सुनेका छौं ।’

अपार्टमेन्टहरूमा समूहमा विदेशी यौन व्यावसायी बस्ने गरेका छन् । भिजिट भिसामा आउने यस्ता व्यावसायीले तीन महिनामा राम्रो आम्दानी गरेर फर्किने गरेका छन् । उच्च घरानीया, कलाकार तथा कतिपय व्यापारी पनि अपार्टमेन्टमा विदेशी महिलासँग रमाइलो गर्न आउने गरेको बताइन्छ । ललितपुर र काठमाडौंमा रहेका अपार्टमेन्टहरूमा यसरी व्यावसाय हुने गरेको छ । एक यौनकर्मी विदेशी महिलाले कम्तिमा सय देखि तीन सय डलरसम्म पारिश्रमिक लिने गरेको बताइन्छ ।

‘उनीहरू डलरमा डिल गर्छन् । नेपाली न्युनतम १० हजारदेखि ३० हजारसम्म हुन आउँछ’, त्यस्ता अपार्टमेन्टमा पुगेका एक युवा भन्छन्,‘नेपालमा विदेशी यौन व्यावसायीसँग रमाइलो गर्नका लागि कुनै रोकतोक छैन ।’

कतिपय ठाउँमा नेपालका कलाकारिता क्षेत्रमा लागेका युवतीहरू पनि यस्तो व्यावसायमा लागेको बताइन्छ । त्यस्ता युवतीका लागि भने ट्याक्सी वा अन्य निजी सवारी चलाउनेहरूले विचौलियाको काम गर्दै आएका छन् ।

रात्रीकालिन बजार रहेको ठमेल क्षेत्रमा रातीका प्राय डिल ट्याक्सीले नै गर्दै आएका छन् । क्लब र बारबाहेकका यात्रीले यौनकर्मीका बारेमा सोधे ट्याक्सीले नै डिल गरी दररेट तय गर्ने बताइन्छ ।

नेपाल प्रहरीका विभिन्न निकायले पनि यस्तो हल्ला सुनेको छ । तर उजुरी र सुराकको कमीका कारण यस्ता स्थल र यौन व्यावसायी फेला पार्न सकेको छैन ।

त्यसो त काठमाडौंमा यौन व्यावसायीको संख्या बढ्नुमा विदेशी व्यावसायीको आगमन हुने गरेको बताइन्छ । ‘विश्वबजारमा नै अन्तरदेशीय आवतजावतका कुरा नयाँ होइनन्, कतिपय नेपाली व्यावसायी पनि विभिन्न देशमा पुग्ने गरेका छन् । नेपालमा पनि विदेशी यौनव्यावसायी आउँछन्’, स्रोतले भन्यो ।

त्यसो त सन् २०१० मा एउटा संस्थाले नेपालमा यौन व्यावसायीका विषयमा गरेको अध्ययन तथ्यांकले २०१८ सम्ममा उक्त संख्या डेढ गुणाले बढेको हुनसक्ने अनुमान गरिन्छ । ८ बर्षअघि नै २८ हजार हाराहारीमा यौनव्यावसायी काठमाडौंमा रहेको आँकलन गरिएको थियो । त्यो संख्या अहिले ५० हजार बढी हुनसक्ने अनुमान गरिएको छ ।

‘नेपालमा हरेक बर्ष पर्यटकको संख्या बढ्नुको अर्थ सो भिडमा यौन व्यावसायी महिला पनि आउनु हो । फेरिएको काठमाडौंको परिस्थितिमा यौन व्यावसायी भनेर छुट्याउने आधार त हुँदैन तर संख्या बढेको हुनसक्छ’, एक पर्यटन व्यावसायी भन्छन्,‘यकिनका साथ भन्न सकिँदैन तर कतिपय पर्यटकहरू आएपछि आफ्नो हिसाबले नै नेपालमा रहेका सम्पर्कव्यक्तिसँग रहने भएकाले यौनकर्मी हुनसक्ने अनुमान स्वभाविक हो ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News