प्रदेश २ का सांसदलाई ल्यापटप दिइँदै


 


जनकपुर, कात्तिक १८

प्रदेशसभा २ को सचिवालयले प्रदेश सांसदलाई ल्यापटप दिने भएको छ । १ सय ७ जना सासदलाई सवा लाख रुपैयाँ पर्ने डेल कम्पनीको अत्याधुनिक मोडेलको ल्यापटक उपलध गराउने तयारी अन्तिम चरणमा पुगेको छ ।

यसबाट प्रदेशको कोषमा १ करोड ३३ लाख ७५ हजार रुपैयाँको भार पर्नेछ । आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

सचिवालयसँग कार्यालय प्रयोजनका लागि विधुतीय उपकरण शीर्षकमा करिब २ करोड उपलब्ध रहेकोले ल्यापटप खरिद प्रक्रिया अघि बढाईने सचिवालयका उपसचिव रञ्जीत यादवले जानकारी दिउका छन् ।

प्रकाशित मिति: १८ कार्तिक २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्