आज उपराष्ट्रपतिको जलपान



काठमाण्डौँ, कात्तिक १९

उपराष्ट्रपति नन्दबहादुर पुनले तिहार, छठ एवं नेपाल संवत् ११३९ का अवसरमा आज अपराह्न शुभकामना आदानप्रदान तथा जलपान समारोह आयोजना गर्नु भएको छ । उपराष्ट्रपतिको कार्यालय, बहादुर भवनमा आयोजना हुने समारोह अपराह्न २ः३० बजेदेखि शुरु हुनेछ ।

समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत उच्च पदाधिकारीलाई आमन्त्रण गरिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

समारोहमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुख, राजनीतिक दलका नेता, संवैधानिक अङ्गका प्रमुख, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य, प्रदेशसभा सदस्य, कूटनीतिक नियोगका प्रतिनिधि, सरकारका उच्च पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उद्योग व्यवसायी, मानवाधिकारकर्मी, कलाकार, पत्रकारलगायतलाई पनि आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News