उपाधिका लागि आज आयोजक र चर्च व्वाईज भिड्दै


 


उर्लाबारी, कात्तिक १९

मोरङको उर्लाबारी–८ स्थित दुर्गापुरीमा सञ्चालित प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । प्रतियोगिताको उपाधिका लागि आज चर्च व्वाईज क्लब र आयोजक कुलझोडा युवा क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

फाईनल खेल स्थानीय अरनिको माध्यमिक बिद्यालयको खेल मैदानमा दिउँसो ३ बजेपछी सुरु हुनेछ । आजको फाईनल समारोहमा गायक डम्बर नेपालीको सांगितिक प्रस्तुती समेत रहनेछ । आयोजक टिमले मुनाल क्लब चन्द्रगढी झापालाई तथा चर्च व्वाईज युनाईटेडले दमक फुटबल क्लबलाई हराउँदै फाईनलमा पुगेको हो ।

गत कात्तिक १२ गतेदेखी सुरु भएको प्रतियोगितामा प्रदेश नं. १ का ८ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुनेलाई दुई लाख र द्वितीय हुनेलाई एक लाख नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक कमल फ्याकले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १९ कार्तिक २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्