मन्त्रीमण्डल तत्काल पुनर्गठन हुँदैन : अध्यक्ष प्रचण्ड



विराटनगर, कात्तिक १९

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रीमण्डल पुनर्गठन नहुने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले तत्काल मन्त्रीपरिषद हेरफेर नहुने तर सरकारको कामको गति भने बढ्ने बताउनुभयो ।

अहिले पार्टी र सरकार लोकप्रियता खोज्ने खालका काम भन्दा पनि सम्बृद्धिका पूर्वाधार तयार पार्ने खालका काममा लागेको उहाँको दावी छ । सरकारले अहिलेसम्म केही गरेन भन्ने जस्तो देखिए पनि अबको केही समयमै सरकारको कामको गति बढाउने उहाँले दोहोर्‍याउनुभयो ।

अध्यक्ष प्रचण्डले भविष्यमा आउन सक्ने समस्यालाई पनि समाधान गर्ने गरी पार्टी एकताको काम अघि बढिरहेको पनि बताउनुभयो । अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउनु ठूलो समाचार नभएको टिप्पणी समेत गर्नुभयो ।

मोदी विवाह पञ्चमीको अवसरमा १२ डिसेम्बरमा जनकपुर आउने भनिएको थियो । तर, अहिले यो भ्रमण अनिश्चित भएको खबरहरु आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News