अलैंचीमा रोग लागेपछि भोजपुरका किसान निराश


 


भोजपुर, कात्तिक १९

आम्दानीको मूख्य स्रोतको रुपमा रहेको अलैँचीमा रोग लागेपछि भोजपुरका कृषक निराश बनेका छन् । गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैंँची खेती सखाप भएको छ ।

विगतमा पर्याप्त आम्दानी भएपछि खेतबारी मासेर समेत कृषकले अलैँंची खेती गरेका हुन् । केही वर्षयता रोगले अलैँची उत्पादनमा ह्रास आएको छ । अलैँचीमा रोग लागेपछि कतिपय कृषकले खेती गर्न छाडेका छन् ।

अर्लैँचीमा देखिएको रोग निदान गर्न सरकारले सहयोग गर्नुपर्ने कृषकको माग छ । कृषक चन्द्रबहादुर पाण्डे भन्नुहुन्छ, “मुख्य बालीका रुपमा अलैँचीको खेती गर्दै आएका छौँ, विभिन्न रोगले खलैँची खेती सङ्कटमा पर्दै गएको छ ।” उत्पादन भएको अलैँचीले उचित मूल्य नपाउँदा कृषक झन निराश बनेको भोजपुर नगरपालिका– ४ सिद्धेश्वरका महेन्द्रबहादुर राईले बताउनुभयो ।

उहाँले आठ रोपनीमा अलैँची खेती गर्नुभएको छ । “यस वर्ष अलैँचीमा फल नै लागेन । गाना कुहिएर सखाप भयो ।” उहाँले भन्नुभयो । अलैँची खेतीबाट अधिकांश कृषकले जीवनस्तर उकास्दै आएका थिए । रासस

प्रकाशित मिति: १९ कार्तिक २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्