अरुण तेस्रोको अहिले नै ‘रिभ्यू’ गर्ने बेला भएको छैन : अर्थमन्त्री



सङ्खुवासभा, कात्तिक १९

अर्थमन्त्री डा युवराज खतिवडाले पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रोको अहिले नै रिभ्यू गर्ने बेला नभएको बताउनुभएको छ ।

सदरमुकाम खाँदबारीमा पत्रकारसँग कुराकानी गर्दै उहाँले निर्माणाधीन अरुण तेस्रोका बारेमा तत्कालै समीक्षा गर्ने बेला भइनसकेको बताउनुभएको हो ।

अर्थमन्त्री डा खतिवडाले अरुण तेस्रोको निर्माण चलिरहेको र कार्यप्रगति भइरहेको हुँदा तत्कालै त्यसका बारेमा पुनरवलोकन गर्नेभन्दा पनि कार्यप्रगतिका आधारमा सरकारले सहयोग गर्नुपर्ने बताउँदै अहिलेको अवस्थामा अरुण तेस्रोप्रति सरकार सन्तुष्ट रहेको धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रिय गौरवको जलविद्युत् आयोजनास्थलसम्म सडक पहुँच मार्ग राम्रो बनाउन सरकारले २०६६ सालमा नै नीतिगत निर्णय गरिसकेको छ, उहाँले भन्नुभयो, “आयोजनामा स्थानीय नागरिकको पहुँच बढाउँदै लैजाने र आयोजनास्थलसम्म मध्यपहाडी लोकमार्गलाई छुवाएर लैजाने गरी सरकारले नीति बनाएको छ । ”

अर्थमन्त्री डा खतिवडाले राष्ट्रिय गौरवको किमाथाङ्का नाका खोल्ने र त्यहाँ लामो समयदेखि स्थापना हुन नसकेको भन्सार कार्यालय, राजश्व कार्यालय, सीमा प्रशासन र सुरक्षाका हिसाबले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको कार्यालय स्थापना गर्ने सोचका साथ सरकार अगाडि बढेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News