वर्तमान सरकार असफल भए देश नै असफल : अध्यक्ष प्रचण्ड



विराटनगर, कात्तिक १९

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइको अहिलेको सरकार असफल भएको खण्डमा देश नै असफल हुने दाबी गर्नुभएको छ ।

नेकपा मोरङले आज विराटनगरमा शुभ दिपावलीको अवसरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको सरकारलाई जनताको आत्मासम्मान बढ्ने गरी काम गर्ने अवसर युगले दिएको बताउनुभयो ।

उहाँले ऐनहरु परिवर्तन गर्न जरुरी रहेको समेत बताउनुभयो । पुरानो व्यवस्थाका कर्मचारीहरुले परिवर्तनलाई आत्मासात गर्न नसकेको जिकिर गर्नुभयो ।

अध्यक्ष प्रचण्डले राजनीतिक नेतृत्वले अहिलेको व्यवस्थाले जनताको हित गर्छ भनेर कर्मचारीहरुलाई बुझाउन र सिकाउन आवश्यक रहेको बताउनुभयो । नेकपाका महासचिव विष्णु पौडेलले नेकपाको नेतृत्वमा मात्र अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News