प्रदेश स्तरीय फुटवलको उपाधि चर्च व्वाईजलाई


 


उर्लाबारी, कात्तिक १९

मोरङको उर्लाबारी–८ स्थित दुर्गापुरीमा सञ्चालित प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि चर्च व्वाईज युनाईटेडले जितेको छ ।
स्थानीय अरनिको माध्यमिक बिद्यालयको खेल मैदानमा भएको फाईनल भिडन्तमा आयोजक कुलझोडा युवा क्लबलाई टाईब्रेकरमा हराउँदै चर्च व्वाईजले उपाधि जितेको हो ।

यसअघि निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछी खेल टाईब्रकेरमा धकेलिएको थियो । उपाधिसँगै चर्च व्वाईजले रु दुई लाख र उपविजेता आयोजक टिमले रु एक लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ ।

आयोजक टिमले मुनाल क्लब चन्द्रगढी झापालाई तथा चर्च व्वाईज युनाईटेडले दमक फुटबल क्लबलाई हराउँदै फाईनलमा पुगेको थियो । गत कात्तिक १२ गतेदेखी सुरु भएको प्रतियोगितामा प्रदेश नं. १ का ८ वटा टिमको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रकाशित मिति: १९ कार्तिक २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्