राष्ट्रपति भण्डारीद्धारा नेपाल सम्वत ११३९ को शूभकामना


 


काठमाडौँ,कात्तिक २२

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत ११३९ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकबासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश प्रवाह गर्न सकोस् भन्ने कामना राष्ट्रपति भण्डारीले आज दिनुभएको शुभकामना सन्देशमा गर्नुभएको छ ।

सामाजिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वत्को रुपमा रहेको नेपाल सम्वत्ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पूगने आशा राष्ट्रपतिले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: २२ कार्तिक २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्