परराष्ट्रमन्त्रीद्वारा बधाई



काठमाडौँ, कात्तिक २३

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भुटानको विदेशमन्त्रीमा ताण्डी दोर्जी नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । आफ्ना भुटानी समकक्षीलाई आज पठाउनुभएको बधाई सन्देशमा मन्त्री ज्ञवालीले विदेशमन्त्री दोर्जीको सफल कार्यकालको कामना गर्नुभएको छ ।

सन्देशमा उहाँले विदेशमन्त्री दोर्जीसँग निकट सम्पर्कमा रहेर पारस्परिक हित प्रवद्र्धनका लागि दुईपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल र भुटानबीचको सहकार्यात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने इच्छा प्रकट गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News