अर्काकी श्रीमती भगाएपछि दोहोरो झडप



रामेछाप, कात्तिक २४

रामेछापमा अर्काकी श्रीमती भगाएको विषयमा उत्पन्न विवाद झडपमा परिणत भएपछि १२ जना घाइते भएका छन् । घाइते मध्ये आठ जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतका अनुसार मन्थली नगरपालिका–७, भटौलीमा अर्काकी श्रीमती भगाएको भन्दै दोहोरो झडप भएको हो ।

झडपमा परी सोही ठाउँका खेमबहादुर माझी, सन्तोष माझी, पूर्णबहादुर माझी, समिर माझी, मिलन माझी, सोममाया माझी, चन्द्रमाया माझी, मिलन माझी, रामकुमार माझी, श्रीलाल माझी र लालबहादुर माझी रहेका छन् । उनीहरु मध्ये चारजनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ भने ८ जनालाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

घाइते हुनेहरु सबै अर्काकी श्रीमती भगाउने पक्षधरका युवाहरु रहेको प्रहरी निरीक्षक शेख अदालतले बताउनुभयो । उहाँले अर्को पक्षका पनि केही युवाहरु सामान्य घाइते भएको जानकारी दिनुभयो ।

उहाँले घटनामा संलग्न रहेको आरोपमा आठ जनालाई जिल्लाका विभिन्न स्थानमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको र घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News