लक्ष्मीपूजाको दिन देशभर एक हजार १०५ मेगावाट विद्युत प्रयोग



काठमाडौँ, कात्तिक २४

यस वर्षको लक्ष्मीपूजाको दिन देशभर घरायसी ग्राहकले कूल एक हजार १०५ मेगावाट विद्युत प्रयोग गरेका छन् । नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन कुनै पनि घर अँध्यारो बस्न नपरोस् भन्ने मान्यताका साथ सम्पूर्ण व्यवस्था मिलाएको र अधिकतम माग सोही परिमाणमा भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यही कात्तिक २१ गते बुधबार लक्ष्मीपूजाको दिन साँझ ६ बजे गरिएको मापनमा घरायसी ग्राहकले गत वर्षभन्दा कम विद्युत प्रयोग गरेको जानकारी दिनुभयो ।

गत वर्षको लक्ष्मीपूजाको दिनमा एक हजार १६५ मेगावाट विद्युत घरायसी ग्राहकले प्रयोग गरेका थिए । यस वर्ष गत वर्षभन्दा ६० मेगावाट विद्युत कम प्रयोग भएको हो ।

नियमित विद्युत आपूर्ति, प्रणालीमा सुधार तथा अन्य व्यवस्थापकीय रुपमा गरिएको सुधारका कारण माग उल्लेख्य रुपमा खपत नबढेको प्राधिकरणको भनाइ छ । प्राधिकरणले यस वर्ष कूल एक हजार २७० मेगावाटसम्म विद्युत माग हुन सक्ने प्रक्षेपण गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News