मन्त्री पण्डित भन्छन् : अब विकाश निर्माण तिब्र रुपमा हुन्छ



काठमाडौं, कात्तिक २४

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीयता कार्यान्वयनमा देखिएको जटिलता हटाउन सरकार केन्द्रित भएको बताउनु भएको छ ।

मन्त्री पण्डितले संघीयता कार्यान्वयनमा देखिएको जटिलता हटाउन सरकारले कर्मचारी समायोजना ऐन, प्रहरी ऐन र निजामती कर्मचारी सेवा ऐन निर्माणको कामलाई पनि अन्तिम चरणमा पुर्याएको स्पष्ट पार्नुभयो ।

आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले केन्द्र, प्रदेश र स्थानीय तह समन्वयात्मक ढंगले अघि बढाउनुपर्ने उल्लेख गर्दै त्यसलाई सहज रुपमा अघि बढाउन सरकार क्रियाशील रहेको दावी पनि गर्नुभयो । जनताको चाहाना अनुसार मुलुकमा विकास, निर्माणको कामलाई तीव्रता दिने मन्त्री पण्डितको योजना छ ।

मन्त्री पण्डितले विकास, निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउने आश्वासन पनि दिनुभयो । वर्षाका कारण यस अघि विकास निर्माणको कामले गति लिन नसकेको मन्त्री पण्डितको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News