भारतका लागि नेपाली राजदूतमा आचार्य सिफारिस



काठमाण्डौँ, कात्तिक २६

सरकारले भारतका लागि नेपाली राजदूतमा संविधानविद निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो ।

यसअघि पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई राजदूतमा सिफारिस गर्ने निर्णय भएपनि नेकपाभित्रै विवाद भएपछि यो निर्णय कार्यान्वयनमा आउन सकेको थिएन ।

यस्तै बैठकले मलेसियाका लागि पूर्व राजदूत उदयराज पाण्डे र यूएईका लागि परराष्ट्र मन्त्रालयका सहसचिव कृष्ण ढकाललाई राजदूत सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News