देउवा इतर समुहका नेताहरुको बैठक



काठमाण्डौँ, कात्तिक २६

नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाको निवासमा पार्टी सभापति शेरबहादुर देउवा इतर समूहका नेताहरुको लञ्च मिटिङ भएको छ ।
मण्डिखाटारस्थित कोइरालाको निवासमा भएको भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहका साथै नेताहरु रामशरण महत, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला सहभागी हुनुभएको थियो । पूर्वमहामन्त्री कृष्ण सिटौला भने राजधानीबाहिर भएका कारण अनुपस्थित रहनुभयो ।

पौडेल र सिटौला समूहमा ६ नेता लगातार पार्टी नेतृत्वविरुद्ध मोर्चाबन्दी गर्दै आएका छन् । त्यसमा महामन्त्री शशांक र नेतृ कोइरालालाई पनि समावेश गर्ने प्रयासमा सुजाता निवासमै भेला भएको एक नेताले बताएका छन् ।

विधान संशोधनको प्रक्रिया चलिरहेका बेला पार्टी नेतृत्वले बहुमतको बलमा विजयकुमार गच्छदारलाई उपसभापति बनाएपछि पौडेल–सिटौला समूहका नेताहरु रुष्ट बनेका छन् । पार्टीलाई सुदृढ बनाउन सामूहिक रुपमा अघि बढ्नुको विकल्प नभएको निष्कर्ष निकालिएको एक सहभागीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News