चुनावमा गरेको प्रतिबद्धता बिस्तारै पूरा हुँदै जानेछ : उपनेता नेम्वाङ



इलाम, कात्तिक २६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपनेता सुवास नेम्वाङले मुलुक संघियतामा गएपछि नयाँ ढङ्गले काम गर्नु पर्दा सरकारको काममा केही ढिलासुस्ती भएको बताउनुभएको छ ।

आज इलाममा आयोजित पार्टी जिल्ला कमिटीले आयोजना गरेको चियापान समारोहमा बोल्दै नेम्वाङले भन्नुभयो, “पुराना सरकारले भताभुङ्ग बनाएका कामलाई सम्हाल्दैमा बित्दैछ ।” उपनेता नेम्वाङले आफूहरुले जे प्रतिबद्धता गरेर चुनावमा मत ल्याएको हो ती प्रतिबद्धतासमेत बिस्तारै पूरा हुँदै गएको बताउनुभयो ।

मुलुक सङ्घीयतामा गएसँगै इलाम जिल्लामा रहेका सरकारी कार्यालय अन्य जिल्लामा लैजान नदिन रोक लगाउन आग्रह गरिएको उहाँको भनाइ थियो । “हामीसित समन्वय गरेर नै कार्यालयहरु सर्दै रहेका हुन् तर जिल्लालाई अपायक पर्ने गरी सरकारी कार्यालयहरु जिल्लाबाहिर जान्छन् भने हामी त्यसका लागि कडा भएर उत्रन्छाँै” नेम्वाङले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News