काँग्रेस सभापति देउवाद्धारा छठको शूभकामना



काठमाडौँ, कात्तिक २७

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘छठ पर्व’ का अवसरमा सम्पूर्ण तराईवासी दाजुभाइ तथा दिदीबहिनीमा सुख शान्ति, समृद्धि र सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

तराई क्षेत्रमा बसोबास गर्ने नेपालीले अति श्रद्वाका साथ सूर्य भगवान्को आराधना गरेर मनाउने महत्वपूर्ण र पवित्र ‘छठ पर्व’को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सबै चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

“मुलुकलाई शान्त र समुन्नत नेपालमा रुपान्तरण गर्न आज हामी प्रत्येक नेपालीको काँधमा थप जिम्मेवारी आएको छ । लोकतान्त्रिक पद्धतिमा मात्र सबै धर्मको संरक्षण हुने भएकाले लोकतन्त्रको सम्वद्र्धन र संरक्षणमा सबैको सहयोग, सद्भाव र एकता आवश्यक रहेको छ”, उहाँको शुभकामना सन्देशमा भनिएको छ, “छठजस्तो पवित्र धार्मिक पर्वले देश र जनताप्रतिको यो जिम्मेवारी बहन गर्न सबैलाई प्रेरणा मिलोस् ।” रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News