उदाउँदो सूर्यको पूजा गरेसँगै छठ पर्व समापन



काठमाडौं, कात्तिक २८

श्रद्धालु भक्तजनले आज बिहान उदाउँदो सूर्यको पूजा आराधना गरेसँगै छठ पर्व समापन भएको छ । तराईका साथै उर्लाबारीमा रहेका व्रतालुहरुले ताल, पोखर, जलासयमा गएर हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जलाशय किनारमै भजन किर्तन गरेर आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएका छन् ।

शुद्ध मनले छठी माताको व्रत बसेमा चिताएको मनोकांक्षा पूरा हुने जनविश्वास छ । छठमा ठकुवा, भुस्वा नरिवल, भोगटे, स्याउ, ऊखु, बेसार, अदुवा, सखरखन्डसहित विभिन्न प्रकारका सामग्री प्रसादका रूपमा प्रयोग गरिन्छ ।

छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई राति भक्तजन जलासय किनारमै छठी माताको पूजाआराधना गरी गीत गाउँदै जाग्राम बसेका थिए । विहान उदाउँदो सूर्यलाई अघ्र्य दिइपछि ब्रतालु लगायतले प्रसाद ग्रहण गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News