मध्यभोटेकोशीको १४ करोड ४० लाख कित्ता आइपिओ आजदेखी


 


काठमाडौं, कात्तिक २८

मध्यभोटेकोशी जलविद्युत कम्पनीले आजदेखि रु एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा रु १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो ।

कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्