“प्रेस स्वतन्त्रताको विषयमा कसैसँग पनि सम्झौता हुँदैन “



विराटनगर, कात्तिक २८

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रताको विषयमा कसैसँग पनि सम्झौता नहुने बताउनु भएको छ ।विराटनगरमा आज पत्रकारहरुसँग छलफल गर्दै उहाँले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी कुनैपनि हुने निर्णय वा तर्जुमा गरिने कानून स्वीकार्य हुँदैन भन्नुभयो ।

उहाँले आम सञ्चारसम्बन्धी कानून बनिरहेको जानकारी दिँदै सञ्चारसम्बन्धी संरचना कस्तो बनाउने भन्ने विषयमा विराटनगरमा छिटै सम्मेलन गर्न लागिएको पनि बताउनुभयो ।

सभापति आचार्यले मुलुकी संहिताले स्वतन्त्र पत्रकारितामा अङ्कुश लगाउन खोजेकामा यसलाई समाधान गर्न बनेको कार्यदलबाट सकारात्मक कार्य हुनेमा जोड दिनुभयो । उहाँले निरन्तर सङ्घर्ष र वकालत गर्ने नेपाल पत्रकार महासङ्घले राष्ट्र र जनताका हितका निम्ति नियमित आवाज उठाइरहेको स्पष्ट पार्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News