मित्र राष्ट्रबाट उदारतापूर्वक सहयोगको अपेक्षा



काठमाडौँ, कात्तिक २८

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको लक्ष्य हासिलका लागि मित्र राष्ट्रबाट उदारतापूर्वक सहयोगको अपेक्षा गर्नुभएको छ । नेपाल भ्रमणमा रहनुभएका चीनका पर्यटन तथा संस्कृतिमन्त्री लू सुगाङसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “समृद्धिको लक्ष्य हासिल गर्न मित्रराष्ट्रबाट सहयोग अपेक्षा गरिएको छ त्यसमा पनि नजीकका छिमेकीबाट थप सहयोगको अपेक्षा गरेका छौँ ।” प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच सदियौँदेखिको सम्बन्ध रहेको स्मरण गर्दै आफूहरु हिमालको वारिपारि बसेका, एउटै हिमालको मूलको पानी खाएको उल्लेख गर्दै सहयोगको अपेक्षा व्यक्त गर्नुभएको थियो ।

चिनियाँ मन्त्री सुगाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकतम सङ्ख्यामा नेपालमा पर्यटक भित्राउने चीनको तयारी भएको बताउनुभएको थियो । गत वर्षको तुलनामा यस वर्ष नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी गराउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News