अरिङ्गालको टोकाइबाट बालकको मृत्यु



दैलेख, कात्तिक २९

दैलेखको दुल्लु नगरपालिका–८ दुवारीचाखामा अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय तीन वर्षीय मनिष नेपाली रहेको दुल्लु अस्पतालका वरिष्ठ अहेव खड्ग शाहीले जानकारी दिनुभयो ।

मृतक बालकका आमा टिपुरी नेपालीका अनुसार बुधबार अरिङ्गालको गोलामा जेठो छोराले जिस्क्याउँदा कान्छा छोरा मनिषलाई अरिङ्गालले टोकेको हो ।

अरिङ्गालको टोकाइबाट पूरै शरीरमा विष फैलिएर गम्भीर अवस्थामा रहेका बालकलाई धेरै मात्रामा पानी खुवाएका कारण ज्यान गएको अहेव शाहीले बताउनुभयो । उहाँका अनुसार बालकको दुल्लु अस्पतालमा पुर्याएपछि मृत्यु भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News